होमपेज / शिक्षा
सञ्जिव शर्मा जेठ ९,सल्यान
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको आयोजनामा एक दिवसीय जुम अनलाइन अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वर्तमान नेपालका शैक्षिक मुद्या र बजेट व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा आउदो आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा शिक्षामा कुल बजेटको २० प्रतिशत भन्दा बढी बजेट विनियोजन गर्नु पर्ने,पेशागत मुद्याहरु बाल विकास शिक्षक र विद्यालय कर्मचारीका दरन्दी तथा साविक उमावि र राहत तथा करार शिक्षकहरुको उमेर हद नलाग्ने गरी आन्तरिक तथा खुला प्रतिस्पर्धाको आधारमा स्थायी गर्ने । संस्थागत विद्यालय शिक्षक कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको व्यवस्था, द्धन्दपिडित शिक्षकको पुनरबहाली गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।
यस्तै कक्षा १० र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा गरिनु पर्ने, लकडाउनको कारण अवरुद्ध पढाईलाई अनलाईन तथा अफलाईन प्रविधिको प्रयोग मार्फत तत्काल सञ्चालन गर्न दवाव दिने, संघीय शिक्षा ऐन तत्काल जारी गर्न, संविधानमा व्यवस्था भएको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्थालाई तत्काल कार्यन्वयन गर्न दवाव दिने, शिक्षालाई प्रविधिमैत्री बनाउन र विद्यालयको अवरुद्ध पढाईलाई विभिन्न अनलाइन माध्यमबाट सञ्चालन गर्न फ्री इन्टरनेट, फ्रि डाटाको व्यवस्था गर्ने लगायतका निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव निम बहादुर केसीले बताए ।





.jpg)