होमपेज / कला/साहित्य
स्थानीय मौलिक शब्दहरुको संगालो बकचालो पुस्तकको विमोचन गरिएको छ । सल्यानका भाषिक रुपमा उचारणमा आउने स्थानीय मौलिक शब्दहरुलाई पुस्तकमा समेटिएको छ । हिरालाल केसीद्धारा लिखित पुस्तकको शनिबार सल्यान श्रीनगरमा प्रतिनिधि सभा सदस्या रमेश मल्ल र प्रमुख जिल्ला अधिकारी बन्दना केसीले विमोचन गर्नु भएको हो ।
पुस्तक विमोचन गर्दै प्रतिनिधिसभा सदस्य मल्लले मौलिक भाषा संरक्षणका लागि सबैले चासो दिनुपर्ने बताए। विशेषगरी युवा पुस्ताले स्थानीय भाषाको संरक्षणमा रुचि देखाउनुपर्ने उहाँको भनाई छ । स्थानीय मौलिक भाषालाई जीवन्त राख्न सके मात्रै भावी पुस्ताले आफ्नो भाषिक पहिचान र पुर्खाले प्रयोग गर्दै आएका शब्दबारे जानकारी पाउने मल्ले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्दना केसीले भाषा पुर्खाको इतिहास भएको बताउनु भयो । स्थानीय शब्दहरूको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले भाषिक सम्पदा संरक्षणमा सबैले योगदान पुर्याउनुपर्नेमा जोड दिनु भयो ।
विमोचन गरिएको पुस्तकको समिक्षा गर्दै डा. पूर्ण भण्डारी पंकजले आधुनिकताको विकाससँगै परम्परागत भाषा, शैली लवज र शब्दलाई जस्ताको तस्तै पुस्तकमा उतारिएको बताउनु भयो । पुस्तक पूर्ण नभएपनि पछिका पिढीलाई सल्यानको भाषिक ज्ञान तथा अनुसन्धानका लागि एउटा मार्गचित्र बनेको बताउनु भयो । यस्तै विर बहादुर सेजवालले पछिल्लो समय पठन संस्कृति हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै मानिस मानसिक रुपमा स्वस्थ रहन पुस्तक अध्ययन गर्नु पर्नेमा जोड दिनु भयो ।
हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक केसीले बताए। त्यसका लागि गाउँगाउँ पुगेर अग्रज पुस्तासँग संवाद गर्दै उनीहरूले प्रयोग गर्ने र स्थानीय जनजीवनमा प्रचलित शब्दहरू सङ्कलन गरिएको उनले जानकारी दिए। तीन महिनाको अवधिमा पुस्तक तयार पारिएको उनको भनाइ छ।
पुस्तकमा सल्यानका दार्मा र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका साथै रुकुमका त्रिवेणी गाउँपालिका, चौरजहारी र सानीभेरी नगरपालिकामा प्रचलनमा रहेका मौलिक शब्द समेटिएका छन्। स्थानीय भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिहरूलाई पुस्तकमा सङ्ग्रह गरिएको छ।





.jpg)