ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बदेलको आक्रमणबाट बालिका घाइते

  सल्यान खबर २०८३ कार्तिक १३ गते बिहीबार १८:४०:१६ मा प्रकाशित

कार्तिक १२,सल्यान 
सल्यानमा जंगली बदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । दार्मा गाउँपालिका २ ओझाबाङकी १७ वर्षीया बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहीबार घर नजिकैको जंगलमा दाउरा काट्न गएको समयमा जंगली बदेलले आक्रमण गरेको थियो । 

बदेलको आक्रमणबाट घाइते रोकायको मिसन अस्पताल चौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । घाइतेको छाति, दाहिने खुट्टामा चोट लागेको र अवस्थामा मध्यम रहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top