ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल निर्माण व्यवसायी संघ सल्यानको अध्यक्षमा राजेश गिरी निर्वाचित

  सल्यान खबर डेस्क २०८३ आश्विन २७ गते मंगलबार २०:१९:३७ मा प्रकाशित

सल्यान — नेपाल निर्माण व्यवसायी संघ सल्यानको अध्यक्षमा राजेश गिरी निर्विरोध निर्वाचित हुनुभएको छ। संघको १०औँ अधिवेशनबाट जिल्ला कार्यसमिति तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन्।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्विरोध निर्वाचित भएको घोषणाअनुसार अध्यक्षमा गिरीसहित कार्यसमितिका सबै पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। कुनै पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा लक्ष्मण प्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा घिरज रावत, तृतीय उपाध्यक्षमा डिल्लीराज खड्का, महासचिवमा जिमिजियाड राई, सचिवमा सुवर्ण योगी, कोषाध्यक्षमा दुर्गा प्रसाद ओली र सहकोषाध्यक्षमा अञ्जन राई निर्वाचित हुनुभएको छ।

त्यसैगरी, लेखा तथा लेखा व्यवस्थापक समिति संयोजकमा अमर सिंह निर्वाचित हुनुभएको छ। खुला सदस्यतर्फ विष्णु रोकाय, राजेश गिरी, अम्बर बहादुर गिरी, विष्णु प्रसाद खत्री र अनिल भण्डारी चयन हुनुभएको छ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा खगेन्द्र कुमार महर्जन, यादव कुमार थापा, लक्ष्मण हमाल, भरत कुमार बस्नेत, डम्बर सिंह तिवारी, हिमेन्द्र बाबु सेजवाल, धन बहादुर परियार र असिम हमाल निर्वाचित हुनुभएको छ। प्रदेश प्रतिनिधिमा लोकमान बुढाथोकी र डिल्ली बहादुर केसी चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले २०८३ असोज २७ गते सार्वजनिक गरेको घोषणामा उम्मेदवारी फिर्ता लिने तथा अन्य कुनै उम्मेदवारले प्रतिस्पर्धा नगरेका कारण सबै पदमा निर्विरोध निर्वाचित भएको उल्लेख गरिएको छ।

निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा जिल्लाको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका प्रभावकारी बनाउने विषयमा नवनिर्वाचित नेतृत्वले काम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top