होमपेज / समाज
कार्तिक ३०,सल्यान
सल्यानको शारदा नगरपालिकामा एक महिलाले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएकी छन् ।
शारदा नगरपालिका १५, बडाखोला निवासी अन्दाजी ४६ वर्षीया कमला बोहराले आफ्नै घरमा राखेको मट्टितेल शरीरमा छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
आगोबाट शरीरका विभिन्न भाग जलेर घाइते भएकी बोहरालाई उपचारका लागि श्रीनगरस्थित कर्णाली अस्पताल ल्याइएको थियो ।
सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
उनले शरीरमा आगो लगाउनुको कारण भने खुल्न सकेको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





.jpg)