होमपेज / समाज
ल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शारदा नगरपालिका १श्रीनगरबाट सिद्धकुमाख गाउँपालिका २ टाकुरा जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्ध कुमाख गाउँपालिका २ रातामाटेमा दुर्घटना भएको हो । दुर्घटनामा परी सिद्ध कुमाख गाउँपालिका २ की ४३ वर्षीयाा साउने रोका, ४२ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सिता वि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएका तीन जनाको डाक्टरले चेकजाँज गर्दा मृत्त घोषणा गरेका थिए । शव पोष्टमार्टमा लागि सल्यान जिल्ला अस्पताल ल्याइएको छ ।
दुर्घटना परि सुशिला चलाउने, देव बहादुर विक, कमल बुढाथोकी , विमला बुढाथोकी, राधिका चलाउने, दीपक रोका र युवराज परियार घाइते भएका छन् । घाइतेहरु मध्ये गम्भीर घाइते सुशिला, देवु, कमल र रुपालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सल्यान कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । जिप सडकबाट १५० मटिर तल खोलामा खसेको छ ।





.jpg)