होमपेज / समाज
सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् ।
बागचौर नगरपालिका– १०, तल्लो मोख्लादेखि माथिल्लो मोख्ला जाँदै गरेको रा.१ह ६१२६ नम्बरको अटो माथिल्लो मोख्लास्थित भित्री सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका– ५, सिर्वाली निवासी अन्दाजी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा अटोचालक ३४ वर्षीय निर्मल कवर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
चालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको उनको भनाइ छ । अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको छ ।





.jpg)