ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

  सल्यान खबर डेस्क २०८३ आश्विन १९ गते सोमबार १९:२३:२२ मा प्रकाशित

 असोज १९,सल्यान 
सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा फोर्स गाडी सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका छन् ।  
सोमबार दिउँसो सल्लीबजार–चौरजहारी सडकखण्डमा रुकुम पश्चिमको सिम्लीबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु. प्र ०१.००१ ज ०८७८ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । 
प्रहरीका अनुसार सानीभेरी गाउँपालिका–९, रुकुम पश्चिमका २१ वर्षीय चालक रुपक डाँगीले चलाएको उक्त गाडीमा चालकसहित सात जना सवार थिए । 
घाइते हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१ की २८ वर्षीया सुनिता बुढा,जाजरकोट बारेकोट गाउँपालिका ६ की २० वर्षीया बिमला नेपाली,सोही स्थानकी २० वर्षीया उजेरी सिंह,त्यस्तै, रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ की ४४ वर्षीया रती बुढाथोकी, जाजरकोट नलगाड नगरपालिका १० की २१ वर्षीया मिना सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवारज भट्टराईले जानकारी दिनु भयो । 
घाइतेमध्ये थप एक जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको रुकुम पश्चिम स्थित चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ । 
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top