ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको बनगाड कुपिण्डेमा जिप दुर्घटना हुँदा १२ जना घाइते

  सल्यान खबर डेस्क २०८३ कार्तिक १५ गते शनिबार ०७:१६:०६ मा प्रकाशित

कार्तिक १४,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरबाट बालुवासंग्रही आउँदै गरेको रा १ ज १७२३ नम्बरको बोलेरो बनगाड कुपिण्डे ११ गरा नजिकै गए राती दुर्घटना भएको हो । 

दुर्घटनामा परी सुर्खेत गुर्भाकोट नगरपालिका २ मालारानीका २५ वर्षीय पप्पु डाँगी , शोही ठाउँका २२ वर्षीय पुनम बुढा, १५ वर्षीय तिलक वली, सुर्खेत भेरीगंगा नगरपालिका ६ का ३२ वर्षीया निर्मला ओली, घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
 यस्तै गुर्भाकोट नगरपालिका २ मालारानीका १८ वर्षीय उत्तम डाँगी, २६ वर्षीय क्षितिज डाँगी, १२ वर्षीया पवित्रा डाँगी, १५ वर्षीय झलक डाँगी, बोलेरो चालक २३ वर्षीय अम्मर बहादुर घर्ती, २१ वर्षीया पिमकली डाँगी, २५ वर्षीया हरिमाया ओली र १८ वर्षीया समिक्षा ओली घाइते भएका छन् । 
घाइतेहरुको सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 
गएराती नै सिद्ध कुमाख गाउँपालिका २ रातामातामा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top