होमपेज / समाज
सल्यानको बागचौर नगरपालिकामा बालुवा र सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बागचौर नगरपालिका–२, माथिल्लो चिल्ढालेस्थित भित्री सडकखण्डमा खरीबोट बजारबाट माथिल्लो चिल्ढालेतर्फ जाँदै गरेको लु.प्र.०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
बालुवा र सिमेन्ट लोड गरेको उक्त ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर चालक बागचौर नगरपालिका–२, खरीबोट निवासी अन्दाजी २७ वर्षीय लक्ष्मण डाँगी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ।
त्यस्तै, सोही ट्याक्टरमा सवार माथिल्लो चिल्ढाले निवासी अन्दाजी ३२ वर्षीय प्रकाश बुढाथोकी पनि घाइते भएका छन्। उनको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ट्याक्टर दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





.jpg)