ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघ नेपाल सल्यानको अध्यक्षमा प्रेम घर्ती मगर

  सल्यान खबर डेस्क २०८३ आश्विन १७ गते शनिबार १९:५७:०३ मा प्रकाशित

सल्यान, १८ असोज ।
राष्ट्रिय युवा संघ नेपाल सल्यानको १२ औँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रेम घर्ती मगरको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको थियो। सपथ ग्रहण गराउँदै केन्द्रीय अध्यक्ष गुरुङले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ:

  • अध्यक्ष: प्रेम घर्ती मगर
  • उपाध्यक्ष: टेकन सुवेदी
  • सचिव: मदन घर्ती
  • उपसचिव: डम्बर वली
  • उपसचिव: निकुञ्ज गिरी
  • कोषाध्यक्ष: (पछि चयन गरिने जनाइएको छ)

यसैगरी, जिल्ला कमिटीको सदस्यहरूमा लाल बहादुर वली, सुवास रोका, सलोस पुन, गणेश वि.क., सूर्य पुन, दिपक राणा, निर्माण राणा, रेसम चन्द, मेघराज खड्का, कमल मल्ल, ओम प्रकाश बुढाथोकी, चित्रबहादुर बस्नेत, विवेक बोहोरा, नन्दराम घर्ती, राजेन्द्र रिजाल, टोपेन्द्र बुढा, आशिष कुँवर मगर र नविन वि.क. सर्वसम्मत निर्वाचित हुनुभएको छ।

नयाँ कमिटी चयन भएसँगै सल्यानमा युवा संघको संगठनलाई थप गतिशील र सुदृढ बनाउने विश्वास लिइएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

Top