होमपेज / स्वास्थ्य
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ६५० जनाले आँखाको परीक्षण गराएका छन्।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग तथा बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको शिविरमा आँखासम्बन्धी समस्या भएका सर्वसाधारणको निःशुल्क परीक्षण तथा शल्यक्रिया गरिएको हो।
शिविरमा परीक्षण गराएका मध्ये ५८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने आँखामा मासु पलाएका २ जनाको समेत शल्यक्रिया गरिएको आयोजकले जनाएको छ। गरी जम्मा ६० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो।
दुई दिनसम्म सञ्चालन भएको शिविरबाट आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
आँखा परीक्षण तथा शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटिएको थियो। शिविरमा उपचार पाएपछि स्थानीय नागरिकले गाउँमै निःशुल्क आँखा उपचार तथा शल्यक्रियाको सेवा पाएकोमा खुसी व्यक्त गरेका छन्।





.jpg)