ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ८ नाल अवैध भरुवा बन्दुक बरामद

  सल्यान खबर डेस्क २०८३ मंसिर ९ गते मंगलबार १५:२३:१२ मा प्रकाशित

 मंसिर ८,सल्यान 
सल्यानमा प्रहरीले सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखेका आठ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० भवटीस्थित सामुदायिक वनको ओडारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले आठ नाल भरुवा बन्दुक फेला पारेको हो । 
गोप्य सूचनाका आधारमा ओडारमा खोजतलास गर्ने क्रममा  मंगलबार दिउँसो बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बरामद गरिएका आठ नाल भरुवा बन्दुकमध्ये सात नाल साबुत अवस्थामा रहेका छन् भने एउटा बन्दुक बेसाबुत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । 

बरामद गरिएका बन्दुक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको प्रहरीको भनाई छ । 
सामुदायिक वनको ओडारमा बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top