होमपेज / समाज
असोज ८,सल्यान
राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड आज बेलुका ५ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै ८ गतेदेखि ११ गतेसम्म प्रत्येक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द हुने भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाका आधारमा सडक बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोटखण्ड र बांगेलाखुरी रुकुम झल्नेटा खण्ड र तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गते कालिमाटी देखि काच्लेसम्म सडक तीन दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । कार्यालयले सम्भावित वर्षाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि उक्त निर्णय गरिएको जारी सुचनामा भनिएको छ । प्रशासनले सम्बन्धित सबैलाई सूचना पालना गर्न आग्रह गरेको छ ।





.jpg)