ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानका दाहालद्धारा भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध जोड्न ६५०० किलोमिटरको साइकल यात्रा 

  सल्यान खबर डेस्क २०८२ बैशाख ९ गते मंगलबार १८:३६:०९ मा प्रकाशित


वैशाख ९,सल्यान 

 सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका–३ का युवा निषेध दाहालले"Cycle for Greener Future: Connecting India and Nepal through Culture" भन्ने मूल नाराका साथ ६हजार ५०० किलोमिटर लामो एकल साईकल यात्रा सम्पन्न गर्नु भएको छ। विश्व स्वतन्त्रता दिवस (नोभेम्बर ९) को अवसरमा उहाँले काठमाण्डौको पशुपतिनाथ मन्दिरबाट सुरु गरेको यात्रा यही वैशाख ६ गते (अप्रिल १९) मा पुनः पशुपतिनाथमै आएर सम्पन्न भएको हो।

दहालको यो यात्राले भारत–नेपालबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन मद्यत पुगेको बताउनु भयो । यात्राका क्रममा उहाँले भारतका सुप्रसिद्ध धार्मिक स्थलहरू — काशी विश्वनाथ, मिर्जापुर बिन्दाबासीनी धाम, अयोध्या, मथुरा, वृन्दावन, अक्षरधाम, लोटस टेम्पल, ईक्लिन्जी, सोमनाथ, साईबाबा, सिद्धिविनायक, मिनाक्षी मन्दिर, त्रिमुला वेङ्कटेश्वरा, हजार पिलर मन्दिर, र जगन्नाथ मन्दिर (उडिसा) — हुँदै पश्चिम बङ्गाल, दार्जिलिङ, इलाम पार गर्दै नेपाल फर्किनु भएको हो ।

दाहालका अनुसार, यो यात्रा केवल शारीरिक साहसको मात्र नभई संस्कृतिको कदर, हरित वातावरणको पक्षपोषण र दुई देशबीचको ऐतिहासिक सम्बन्धको सम्मान पनि हो। उहाँले यात्रा भरिमा जनचेतनामूलक सन्देशहरू प्रवाह गर्दै साईकलमार्फत हरित भविष्यको आवश्यकता र महत्वबारे जनसमुदायलाई जानकारी दिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top