ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानमा कर्णाली प्रदेशस्तरीय प्रज्ञा -नारी काव्य सङ्गोष्ठी सम्पन्न

  सल्यान खबर डेस्क २०८२ मंसिर १३ गते शनिबार १९:४७:१२ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागको आयोजना तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानकाे सहआयोजना र बागचौर नगरपालिका सल्यानकाे सहयोगमा  बागचौर नगरपालिका सल्यानमा पहिलो पटक प्रज्ञा-नारी काव्य सङ्गाेष्ठी सम्पन्न भएको छ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष इन्द्र भण्डारी 'अङ्कित' काे अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य एवम् बागचौर नगरपालिका प्रमुख जनकराज गौतमको मुख्य आतिथ्य र उपप्रमुख सुम्मिमा डी.सी. ओलीको विशिष्ट आतिथ्यमा सन्चालित यस सङ्गाेष्ठीमा कर्णाली प्रदेशसका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका नारी स्रष्टाहरूले आ-आफ्ना काव्य रचना प्रस्तुत गरेका थिए।

कार्यक्रममा कालिकोटकी राष्ट्रियता आचार्य र सावित्री सोती, जाजरकोटकी जयन्ता सुधा, सुर्खेतका कल्पना विश्वकर्मा, लिला ढकाल, सीता यरी, प्रेरणा सेर्पाइली र सिर्जना खत्री, हुम्लाकी जयन्ती पाल र लुना चाैलागाई, रुकुम पश्चिमकी सीता बुढा र सिजन बाँठामगर, सल्यानकी कल्पना पलक, यामकला डाँगी, लिला शर्मा र विनु बुढाथोकी रदैलेखकी शोभाकुमारी ज्ञवालीले प्रतिनिधिमूलक काव्यरचना प्रस्तुत गर्नुभएको थियो।

यस सङ्गाेष्ठी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले शुभेच्छा प्रकट गर्नुभएको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेतले कार्यक्रम गर्नुकाे औचित्य बारे प्रकाश पार्नुभएको थियो ।‌

सङ्गाेष्ठीमा भाषा आयोग नेपालका पूर्वसदस्य उषा हमालद्वारा तयार पारिएको 'काव्यमा कर्णालीका नारी हस्ताक्षर' नामक कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यक्रम प्रमुख सन्ध्या पहाडीले‌ प्रस्तुत गर्नुभएको थियो भने टिप्पणी सुर्खेतकी काेकिला सिंह ठकुरीले गर्नुभएको थियो।

कार्यक्रम शुरु हुनुअघि कार्यक्रमकाे मूल व्यानरकाे साथमा नेपाली पाेषाकमा सजिएका पञ्चकन्या एवम् स्थानीय आमा समूहका दिदीबहिनीहरुकाे पञ्चैबाजा सहित नगर परिक्रमा गरिएको थियो।

राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सचिव नाेखिराम थापाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष तारादेवी शर्मा प्रदर्शनले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top