होमपेज / कला/साहित्य
वैशाख १०,सल्यान
कला, संस्कृतिको संरक्षण, प्रवद्धर्न र प्रतिभाको पहिचान गर्न भन्दै सल्यानमा अन्तरपालिका स्तरीय लोकदोहोरी गीत प्रतियोगिता सुरु भएको छ । शारदा नगरपालिकाको आयोजना र राष्ट्रिय लोक ता दोहोरी गीत प्रतिष्ठान सल्यानको सहजीकरणमा बिहीबार देखि सल्यान श्रीनगरमा प्रतियोगिता सुरु भएको हो ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ समूहबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा कपुरकोट गाउँपालिकाका २ टिम, दार्मा, शारदा नगरपालिका ३ टिम, छत्रेश्वरी, सिद्ध कुमाख गाउँपालिकाका २ टिम, बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिकाको एक एक टिम गरी ११ टिम बिच प्रतिस्पर्धा हुने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान सल्यानका सचिव प्रकाश विहानीेले जानकारी दिनु भयो ।
स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवद्धर्नका साथै कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले जानकारी दिनु भयो । प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र लोकदोहोरी क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो सल्यान कला संस्कृतिले धनी जिल्ला हो । पछिल्लो समय आधुनिक संस्कृतिको प्रभावले विगतका पौराणिक तथा परम्परागत लोक सस्कृति लोपोन्मुख हुन थालेका छन् । उक्त लोपोन्मुख संस्कृतिको संरक्षण र प्रवद्धर्न गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कृष्ण रेउलेले पुराना संस्कृतिको संरक्षण सबै पक्ष उत्तिकै जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।
कला, संस्कृतिको संरक्षण, प्रवद्धर्न र प्रतिभाको पहिचान गर्न भन्दै सल्यानमा अन्तरपालिका स्तरीय लोकदोहोरी गीत प्रतियोगिता सुरु भएको छ । शारदा नगरपालिकाको
आयोजना र राष्ट्रिय लोक ता दोहोरी गीत प्रतिष्ठान सल्यानको सहजीकरणमा बिहीबार देखि सल्यान श्रीनगरमा प्रतियोगिता सुरु भएको हो ।

.jpg)