होमपेज / कला/साहित्य
पुष २५,सल्यान
सल्यानमा शुक्रबारबाट दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले महोत्सवको सल्यान श्रीनगरमा उद्घाटन गर्नु भएको हो ।
महोत्सवको पहिलो दिन सल्यानका विभिन्न मौलिक नाचहरु पैसेरु, पञ्चेबाजा, मयुर नाच लगायतको झाँकी श्रीनगर बजार परिक्रम गरिएको थियो । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारा रहेको छ । महोत्सवमा ७७ लाख रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ । साढे १२ लाख रुपियाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
एकसय ३० वटा स्टल रहने महोत्सवमा एकसय वटा व्यापारिक स्टल र बाँकी ३० वटा स्टल कृषि, उद्यम, पर्यटनसँग सम्बन्धीत स्टल रहने छन् । कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ भने उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने बताइएको छ
परिचयपत्रका आधारमा विद्यार्थीलाई ३० प्रतिशत र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटमा महोत्सव प्रवेशको व्यवस्था गरिएको छ ।





.jpg)