होमपेज / शिक्षा
चैत ४,सल्यान
आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सल्बाट ४ हजार १ सय ४२ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न १९ वटा परीक्षा केन्द्रमार्फत ती विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन ।
शिक्षा विकास तथा समन्वय इकाई सल्यानका अनुसार परीक्षाका लागि आवश्यक सम्पूर्ण प्रशासनिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको छ । इकाईका सूचना अधिकारी कपिल कुमार जोशीले यस वर्ष साधारण, प्राविधिक र ग्रेड वृद्धि गरी कुल ४ हजार १ सय ४२ परीक्षार्थी परिक्षामा सहभागी हुन लागेको बताउनु भयो ।
कुल परीक्षार्थी मध्ये प्राविधिक धारतर्फ २ सय ५२ जना विद्यार्थी रहेका छन् भने यसअघिको परीक्षामा नतिजा सुधार गर्न चाहने (ग्रेड वृद्धि) तर्फ ८६ जना परीक्षार्थी सहभागी हुने जोशीको भनाई छ ।
परीक्षा आगामी चैत्र १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने कार्यतालिका छ । परीक्षालाई मर्यादित, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पुर्ण कार्यहरू भइरहेको कार्यालयले जनाएको छ ।





.jpg)