ट्रेण्डिङ

होमपेज / शिक्षा

बिपन्न र गरिब ३९ विद्यार्थीलाई निःशुल्क पढाउदै सल्यानको एक विद्यालय

  इन्द्र बुढाथोकी २०८२ चैत्र ९ गते सोमबार १६:०५:४८ मा प्रकाशित

चैत ९,सल्यान 
आर्थिक रूपमा विपन्न परिवारका ३९ विद्यार्थीलाई सल्यानको एक संस्थागत विद्यालयले निःशुल्क पढाउँदै आइरहेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा रहेको लङ्ग ग्रीन रिभर इङ्लिस बोडिङ स्कुलले अभिभावक विहीन, अनाथ र निम्न वर्गका ३९ विद्यार्थीलाई निःशुल्क पठन पाठन गराई रहेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका अनाथ, विपन्न र निम्न आयस्रोत भएका विद्यार्थीलाई निःशुल्क पढाइरहेको विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल कमल वलीले बताउनु भयो । उहाँले भन्नु भयो सुरुमा १७ जना अनाथ तथा विपन्न विद्यार्थीलाई पढाइरहेका थियौँ अहिले ३९ विद्यार्थी पुगेका छन् । 

जसले पैसाको अभावका कारण पढ्न पाइरहेका छैनन् ती बालबालिकाहरूको दरदराजका गाउँ बस्तीमा पुगी खोजी गरी रहेको वलीले बताउनु भयो । उहाँले भन्नु भयो जो अभिभावक विहीन भएर विद्यालय जान पाइरहेका छैनन् । छिमेकका विद्यार्थी सुट बुट लगाएर स्कुल बसेर चढिरहेको देख्छन् । त्यस्ता विद्यार्थीको हामी अभिभावक बन्ने प्रयास गरी रहेका छौँ । अभिभावक विहीन ३५ अनाथ बालबालिका र ४ निम्न वर्गीय विद्यार्थीको वार्षिक खर्च १६ लाख ८६ हजार ३०० रुपैयाँ बराबर हुने विद्यालय प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top