ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख शिक्षा शाखाद्वारा कक्षा ८ को परीक्षाफल प्रकाशित

  संजिब शर्मा २०७९ चैत्र ३० गते बिहीबार २२:१६:२३ मा प्रकाशित

संजीव शर्मा चैत ३०, सल्यान 
कुमाख गाउँपालिका सल्यानले पालिका स्तरीय आधारभुत तह (कक्षा ८) को परिक्षाफल  प्रकाशित गरेको छ ।

बिहिबार बसेको परीक्षा समितिको बैठकले  परिक्षाफल प्रकाशित गरिएको कुमाख गाउँपालिकाका सूचना प्रबिधि अधिकृत प्रकाश भण्डारिले जानकारी दिए।परिक्षाफल लेटर ग्रेडिङ्ग प्रणाली  रहेको छ । 

www.iemis.doe.gov.np मा गई बिद्यालयको  Profile log in गरि  बिधालयले निम्न प्रक्रियाबाट बिधालयको नतिजा हेर्न सकिन्छ 
१. सम्बन्धित बिधालयले आफ्नो IEMIS User id र Password राखी Login गर्ने 
२.Iemis खुलिसकेपछी Dashbord भएको Manage Exam Click गर्ने
३. School level marks मा Click गर्ने
४.Gread 8 Select गरि View ladger मा Click गर्ने
५. आफुलाई चाहीएको बिबरण Click गरि Expert pdf गरि print गरी नतिजा हेर्न सक्नेछ्न ।

त्यस्तै कुनै बिद्यार्थीको ब्यत्तिगत बिबरण फरक पर्न गएमा शिक्षा यूबा तथा खेलकुख शाखा कुमाखमा २०८० साल बैशाख १० गतेभित्र भित्र सम्पर्क सकिने शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले बताएका छन् ।

चैत्र ५ गतेदेखी चैत्र १३ गतेसम्म लिईएको परीक्षामा सामुदायिक तर्फका ५९२ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । कुमाख गाउँपािलकाका २० वटा सामुदायिक विद्यालयका  ५९२ जना विद्यार्थी सहभागीता जनाएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

Top