होमपेज / राजनीति
संजिब शर्मा माघ १५, सल्यान
नेपाल शिक्षक संघ कुमाख गाउँपालिकाको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भएको छ । शनिबार रागेचौरमा सम्पन्न अधिबेशनले धन बहादुर रावतको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । धन बहादुर रावतको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष खुमराज के.सी, शिला राना , सचिव झुपलाल राना, अर्थ सचिव ठकेन्द्र राना, सह(सचिव प्रेम बहादुर रावत, सावित्रा भण्डारी, सह(सचिव अर्थ ओपेन्द्र बुढाथोकी, नन्दराम राना लगाएत अन्य सदस्यहरु रहेका छन् ।
नेपाल शिक्षक संघ कुमाख गाउँपालिका अध्यक्ष अमर शाहको अध्यक्षतामा भएको अधिबेशनमा प्रमुख अतिथिमा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी अन्य अतिथिहरुमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सहसचिब जिबन राना, नेपाली काङ्ग्रेस कुमाख कुमाख गाउँपालिका सभापति तथा वडा नं.२ का वडा अध्यक्ष ईश्वरी शाही वडा नं.३ का वडा अध्यक्ष तथा सभापति केवल बहादुर राना, वडा नं. ४ का वडा अध्यक्ष सोभिलाल बस्नेत, नेपाल शिक्षक संघ पुर्व जिल्ला कार्यसमिति सदस्य झुपलाल राना, गजेन्द्र बहादुर राना लगाएत अन्य अतिथिहरु रहेका थिए भने कार्यक्रको संञ्चालन शिक्षक खिम बहादुर डि.सी. ले गरेका थिए ।





.jpg)