ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख गाउँपालिकामा पालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  संजिब शर्मा २०७९ माघ १२ गते बिहीबार १८:४५:१६ मा प्रकाशित

सन्जिब शर्मा माघ १२ सल्यान 
कुमाख गाउँपालिका सल्यानमा ऋषि पञ्चमि तथा सरस्वथी पूजाको अवसर पारेर पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कुमाख गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखाको आयोजनामा जनता  माध्यमिक विद्यालय रागेचौरको प्राङ्गणमा ११  माध्यमिक  विद्यालयको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगिमा प्रथम  जनता मा बि रागेचौर, द्वितिय बुद्ध जनकल्याण माध्यमिक बडागाँउ र तृतीय जनकल्याण माध्यमिक विद्यालय बडागाँउ कोट भएको छ । सहभागी प्रथम, द्वितिय, तृतीय लाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र प्रमाण पत्र बितरण गरिएको शिक्षा शाखा प्रमुख दिपक चन्दले बताउनु भयो ।

कार्यक्रमको सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, बिशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्द अतिथिहरु योजना शाखा प्रमुख मान बहादुर बुढाथोकी रोजगार संयोजक जिबन शर्मा लगायत पालिकाका कर्मचारी र विद्यालयका शिक्षक बिद्यार्थी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख दिपक चन्दले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top