ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानको वडागाउँ स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  संजिब शर्मा २०७९ पौष २७ गते बुधबार १६:२२:४५ मा प्रकाशित

पुस २७,सल्यान 
सल्यानको वडागाउँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको कुमाख गाउँपलिका ६ मा रहेको वडागाउँमा सुत्केरी हुन तथा सुत्केरी भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो । वडागाउँ स्वास्थ्य चौकी स्थित बर्थिङ  सेन्टरलाई १४५ किसिमका सामाग्री वितरण गरिएको हो । 

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुढृद्धिकरण परियोजना अन्र्तगत डेलिभरी वेड, पिएनसी वेड, अक्सिजन सिलिण्डर, हिटर लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । दलित विकास समाज सल्यानबाट सञ्चालित परियोजना र स्थानीय पालिकाको साझेदारीमा दुई लाख ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको दलित विकास समाज सल्यानले जनाएको छ ।

 बर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने कुमाख गाउँपालिका ६ का वडाध्यक्ष कर्ण बहादुर वि.कले जानकारी दिनु भयो । आमा र नवजात शिशुलाई स्वस्थ राख्न र सहज उपचारका लागि सामाग्री सहयोगी सिद्ध हुने अपेक्षा राखेको उहाँको भनाई छ । विगतमा सिमित स्रोत र साधनबाट पनि राम्रो सेवा प्रदान भइरहेको बताउँदै उहाँले उपकरण थपसँगै सेवाप्रवाह पनि सुरक्षित र भरपर्दो हुने बताउनु भयो । 

यस्तै उक्त परियोजनाले छत्रेश्वरी गाउँपालिका ६ को बर्थिङ सेन्टरमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विगतमा सिमित उपकरण र सामाग्रीका कारण सुरक्षित प्रसुति सेवा दिन समस्या हुदै आएकोमा अव जटिल बाहेकका सबै प्रसुति सेवा सहज हुने छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top