ट्रेण्डिङ

होमपेज / खेलकुद

१३ स्वर्ण सहित जनता माबि रागेचौरले उचाल्यो कुमाखको राष्ट्रपति रनिङ शिल्ड

  संजिब शर्मा २०८० माघ २० गते शनिबार ०७:०३:३५ मा प्रकाशित

संजिब शर्मा सल्यान २० माघ २०८०
कुमाख गाउँपालिका सल्यानको पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड जनता माध्यमिक विद्यालय रागेचौरले जितेको छ । वडा नम्बर १ को  भेरि माध्यमिक विद्यालय टाट्के खेल मैदानमा भएको खेलकुदमा  १३ स्वर्ण पदक सहित वडा नम्बर ३ को जनता माविले शिल्ड उचालेको हो । उसले १३ स्वर्णका साथ ६ रजत  र ३ कास्य पदक गरी कुल २१ पदक जितेको छ ।

पालिकाका ११वटा माविले प्रतिस्पर्धा गरेको शिल्डमा गत संस्करणको विजेता वडा नम्बर २ को नारायण मा. वि रुमालगाउ  भने उपविजेता बनेको छ । उसले ६ वटा स्वर्ण पदक जित्न सक्यो । नारायण मा. विले  ८ रजत   र  ३ कास्य पदक जितेको छ ।

तेस्रो भएको  भेरि मावि टाट्केले ४ स्वर्ण, ६  रजत र ३  कास्य गरी कुल १३ पदक जितेको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन समितिका सदस्य नन्दराम भारतिले जानकारी दिनुभयो ।  

छात्र छात्रा भलिबल, कबड्डी, विभिन्न दुरीका दौड, रिले दौड, उफ्रने र फ्याँक्ने तर्फ सट फुट, हाइ जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो मा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको उहाँले बताउनुभयो । माग १६ गतेदेखि सुरु भएको शिल्ड माघ १९ गते सम्पन्न भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top