होमपेज / खेलकुद
जेठ १०,सल्यान
तेस्रो शारदा मेयर कम टी २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले उचालेको छ । सल्यान खलंगा लुहापिङ खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा साविक विजेता बागचौर नगरपालिकालाई ५ विकेटले हराउदै उपाधि हात पार्न सफल भएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको बागचौर नगरपालिकाले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बागचौर नगरपालिकाका लागि क्याप्टेन वामदेव केसी १९, निर्मल डाँगी १६, सुर्य सुनार १४ र गोविन्द वलीले १२ रन बनाउदा अन्य व्याटरले दोहोरो अंक जोड्न सकेनन् । शारदा नगरपालिकाका चन्द्र बहादुर बुढाले ३ दशमलव ४ आभेर खर्चेर १२ रन दिइ दुई विकेट लिन सफल भए । यस्तै सन्दीप गन्धर्वले ४ ओभरमा २१ रन दिएर समान दुई विकेट लिन सफल भए ।
११० रनको लक्ष्य पछ्याएको शारदा नगरपालिकाले १४ दशमलव ५ अभोरमा ५ विकेट गुमाउदै ११३ रन बनाउन सफल भयो । शारदा नगरपालिकालाई जित दिलाउन चन्द्र बहादुर बुडा ६३ रन र मदन खत्रीले २१ रन बनाउन सफल भए । बागचौरका गगन ओलीले ञ्१ दशमलव ५ ओभरमा ९ रन खर्चेर २ र हेमराज बस्नेतले १ विकेट लिन सफल भए । विजेता शारदा नगरपालिकाले नगद १ लाख , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको बागचौर नगरपालिकाले ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
एक हप्तासम्म सञ्चालन भएको प्रतियोगितामा शारदा नगरपालिका का चन्द्र बहादुर बुढा ल्लेयर अफल द म्याच घोषित भए । यस्तै चन्द्र बहादुर बुढानै प्लयेर अफ द टुनामेन्ट, शारदा नगरपालिकाका सन्दिप गन्धर्व वेस्ट प्लेयर, कुमाख गाउँपालिकाका सचिन विक वेष्ट व्याटर, त्रिवेणी गाउँपालिकाका मोहन केसी वेष्ट विकेटकिपर, शारदा नगरपालिकाका सन्दिप गन्धर्व वेस्ट फिल्डर र शारदाकै आरुष विष्ट इमर्जिङ प्लेयर घोषित भएका छन् ।





.jpg)