होमपेज / खेलकुद
वैशाख १८,सल्यान
शारदा नगरपालिकाले आयोजना गरेको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शिवजन माध्यमिक विद्यालय शितलपार्टीले उचालेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा १६ स्वर्ण, ९ रजत र ४ कास्य सहित २१ पदक हात पार्दै शिवजन मा.वि प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र ७ कास्य सहित ३० पदक प्राप्त गरेको त्रिभुजन जन माध्यमिक विद्यालय लुहापिङ दोस्रो, ७ स्वर्ण, ६ रजत र ७ कास्य सहित २० पदक सहित मोर्डन तुल्सी एकेडेमी शितलपार्टी तेस्रो र ५ स्वर्ण, ६ रजत र ४ कास्य सहित १५ पदक प्राप्त गरी लक्ष्मी माध्यमिक विद्यालय स्यानीखाल सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृत्तिय र सान्त्वना हुने विद्यालयले क्रमशः २५ हजार २० हजार १५ हजार र १० हजार नगद, प्रमाण पत्र र ट्रफि प्राप्त गरेका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, मार्सल आर्टस अन्तर्गत कराँते, केक्वान्दो लगायतका खेलामा १६ सामुदायिक र संस्थागत विद्यालयका करिब ९ सय बढी खेलाडीको सहभागिता रहेको थियो ।





.jpg)