होमपेज / खेलकुद
चैत २८,सल्यान
बहुमूल्य जडिबुटी खेती र त्यसको सचेतना अभिवृद्धि गर्न भन्दै सल्यानमा टिमुर कम व्याडमिन्टन प्रतियोगिता गरिएको छ । वनस्पति विभागको ६६ औं वार्षिकोत्सव तथा २७ औ वनस्पति दिवसको अवसरमा कपुरकोट पालिका स्तरीय खुला टिमुर कम व्याडमिन्टन प्रतियोगिता गरिएको हो । सल्यान जडिबुटी उत्पादनका लागि परिचित जिल्लाका रुपमा रहेको छ ।
स्थानीय स्तरमा पाइने बहुमूल्य जडिबुटी विशेषगरी टिमुरप्रति जनचेतना अभिवृछि गर्ने र सल्यानको पहिचानलाई राष्ट्रिय स्रतमा स्थापित गर्ने लक्ष्य सहित प्रतियोगिता गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा वैज्ञानिक अधिकृत डा. मित्र पाठकले जानकारी दिनु भयो । खेलकुदलाई माध्यम बनाएर स्थानीय स्रोतको प्रचारप्रसार गरिउको उहाँको भनाई छ । उहाँले भन्नु भयो जडिबुटीको सचेतना र सम्र्वद्धन र खेलकुदलाई पनि सँग सँगै लान सकिन्छ र खेलका माध्यमबाट पनि जडिबुटीको प्रवद्र्धन गर्न सकिन्छ भनेर विगत चार वर्षदेखि कार्यक्रम गर्दै आइरहेका छौं ।
खेलकुद र जडिबुटी दुवैको महत्व बुझाउन यस प्रकारको प्रतियोगिता निकै उपयोगी हुने डा. पाठकले बताउनु भयो । सल्यान टिमुर खेतीको निकै उर्बरभूमि र सल्यानका किसानहरुको नगदेबालीकै रुपमा रहेकाले टिमुरको पहिचान फैलाउन पनि यो वर्ष टिमुर कप प्रतियोगिता गरिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो जिल्लाको बहुमूल्य जडिबुटीको रुपमा रहेका टिमुरको औषधीय गुणको प्रचार प्रसार तथा यसको महत्वका बारेमा सचेतना फैलाउन खेलकुदलाई माध्यम बनाइएको हो ।
यस अघि कर्णाली प्रदेशमा मात्र पाइने काँकडसिंग संरक्षणको सन्देश दिन काँकडसिंगे कम प्रतियोगिता आयोजना गरिएको थियो ।
शनिबार कपुरकोट गाउँपालिका ५ रिममा सम्पन्न प्रतियोगितामा ४० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा सुवास हमालर भूवन डाँगीको जोडी प्रथम, सुरेन्द्र पुरी र सुशिल बोहराको जोडी दित्तिय र खल बहादुर घर्ती र यम महतराको जोडी तृत्तिय भएको छ ।





.jpg)