होमपेज / खेलकुद
इन्द्र बुढाथोकी
सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले हात पारेको छ । १६ स्वर्ण ९ रजत १० कांस्य सहित मावि च्युराले उपाधि हात पारेको हो । ९ स्वर्ण ८ रजत ६ कांस्य सहित प्रभाकर मावि देवस्थल उपविजेता भएको छ । २ स्वर्ण २ रजत २ कांस्य सहित कृष्ण बोर्डिङ स्कुल देवस्थल तेस्रो भएको छ ।
लङ्ग ग्रिन रिभर बोर्डिङ स्कुल सल्लिवजार १ स्वर्ण ७ रजत २ कांस्य, मुक्ति मावि औलवेशी १ स्वर्ण ४ रजत ३ कांस्य, सिद्धेश्वरि मावि निगाल्चुला १ स्वर्ण २ कांस्य, प्रतिभा मावि जयतपानी २ कांस्य, कृष्ण मावि संग्रहि १ कांस्य, नवज्योति मावि अधेरी २ कांस्य पदक प्राप्त गरेको खेलकुद विकास समितिकाले जानकारी दिएको छ ।
माघ २९ बाट फाल्गुन २ गतेसम्म जारी पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्डको नगर प्रमुख कर्ण बहादुर बुढाथोकी,उप प्रमुख पुरुषोत्तम आचार्य,वडा अध्यक्ष थुम बहादुर बिसी,गणेश बुढा,पिउपर खत्री,नगर शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले विजेता विद्यार्थी खेलाडीहरूलाई प्रमाणपत्र,मेडल वितरण गर्नु भएको थियो ।





.jpg)