ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख गाउँपालिका सल्यानका बिद्यालयहरुको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशन

  संजिब शर्मा २०७७ जेठ ५ गते सोमबार १९:०९:४१ मा प्रकाशित

संजीव शर्मा, जेठ ५,  सल्यान
 सल्यानको कुमाख गाउँपालिकामा संचालित सबै सामुदायिक तथा सस्थागत बिद्यालयहरुले २०७६ चैत ५ गते भित्र परीक्षाफल प्रकाशन गरेका छन् ।   कोरोना भाइरस (कोभीड १९) को सङक्रमन बढ्ने खतराका कारण परिक्षाफल प्रकाशन हुन सकेको थिएन ।

 यस अघि शिक्षा शाखा कुमाखको बैठक बसी लकडाउन खुले लगत्तै रिजल्ट प्रकाशन  गर्ने निर्णय भएपनि कोरोना भाइरस सङ्क्रमनकाका कारण लकडाउन बढ्ने भएपछी परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई दुई महिना सम्म पनि नतिजा प्रकाशन नहुँदा अन्योल  सिर्जना हुने भएकोले कुमाखका सम्पुर्ण सामुदायिक तथा सस्थागत बिधालयहरुले कक्षा ८ बाहेक (१ ९) को रिजल्ट प्रकाशन गरेका छ्न  । 


शैक्षिक सस्था बन्द भएको अबस्थामा  लकडाउन लम्बिने भएकोले बिद्यालय सूचना पाटीमा टास्दा भिडभाड र कोलाहाल बढ्ने हुनाले सामाजिक संजालको प्रयोग गरि बिद्यालय फेसबुक र सबै शिक्षक कर्मचारिको फेसबुक पेजमा राखिएको र त्यहा बाट हेर्न सकिने र  परीक्षा बारे थप जानकारी लिन परिक्षा समिति सदस्य सन्जिब शर्मालाई फोन गरेर बिस्तृत जानकारी लिन सकिने जनता मा बि रागेचौरका प्रधानाध्यापक नोख बहादुर गोसाइले जानकारी दिए। 

लकडाउनका कारण बिद्यार्थी भर्ना र कक्षा सन्चालन हुन नसक्ने भन्दै बिद्यार्थीहरुलाई घरमै बसेर स्वअध्यन गर्न र सम्भब भएसम्म ईन्टरनेटको प्रयोग गरेर शिक्षा बिकाश तथा मानव बिकाश केन्द्रको वेबसाइटमा राखेका महत्वपुर्ण सामग्रीहरु र भर्चुअल भिडियोहरु हेर्न अनुरोध गरेका छन त्यस्तै स्वरस्वती माबी झारकाडाँका  प्र. अ. पनैया यादबले पनि रिजल्ट बिद्यालयको सूचना बोर्डमा   नटासेको र नतिजाबारे जानकारी लिन कक्षा शिक्षकलाई सोधेर लिन सकिने बताएका छ्न भने नारायण माबी रुमालगाउँका प्र .अ देबेन्द्र रावले पनि सामाजिक सन्जाल बाट रिजल्टको बारे जानकारी र लिन र बिद्यार्थीहरुलाई घरमै बसेर स्वअध्यन गर्न अनुरोध गरेका छ्न । 


कक्षा ८ को नतिजा भने केही प्राबिधिक कारण बस ढिला भएको र अबको एक  दुई दिन भित्रमा प्रकाशन गरिने शिक्षा शाखा कुमाखले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top