ट्रेण्डिङ

होमपेज / शिक्षा

शिक्षा प्रणालीलाई सूचना र प्रविधिसँग जोडेर लैजानु पर्छ :मुख्यमन्त्री शाही

  संजिब शर्मा २०७७ बैशाख २८ गते आइतबार १२:५४:०९ मा प्रकाशित

सञ्जीव शर्मा वैशाख २८,सल्यान 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालका शिक्षा प्रणालीलाई सूचना र प्रविधिसँग जोडेर लैजानु पर्ने बताएका छन् । 
शिक्षालाई युग सुहाउदो  बनाउन र शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री बनाएर लैजान अनलाइन तालिम महत्वपूर्ण हुने बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश आईसिटी ईन एजुकेशन अनलाइन तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । 

 मुख्यमन्त्री शाहीले शिक्षक अनलाइन तालिमले बन्दाबन्दीको समयलाई यथोचित रुपमा उपयोग भएको बताए  । तालिम समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बन्दाबन्दीको समयमा सञ्चार तथा प्रविधिकै सहयोगमा लिईएको अनलाइन तालिम शिक्षकका लागि लाभदायक हुने बताए । उनले भने “तालिम समय सान्दर्भिक र उपयुक्त छ । अब यसलाई युग अनुरुप प्रयोगमा लैजाने काम शिक्षकको हो ।”


अबको शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिदै मुख्यमन्त्री शाहीले आइसिटी तालिमबाट शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । युग सुहाउँदो शिक्षाका लागि शिक्षक सशक्त हुनुपर्ने धारणा राख्नुभएका उहाँले यसमा कर्णाली प्रदेशले शैक्षिक जनशक्तिको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाए । 


कर्णाली प्रदेशको वडास्तरमा चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएर कोरोना परीक्षण गरी सुरक्षित देखिएका ठाउँमा बन्दाबन्दीलाई खुकुलो बनाएर शिक्षण कार्यलाई सुचारु गर्ने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top