होमपेज / शिक्षा
संजीव शर्मा, वैशाख १३ गते ।
कुमाख गाउँपालिकाको शिक्षा शाखाले कुमाखका सबै विद्यालयको वार्षिक परीक्षाको नतिजा लकडाउन खुले लगत्तै सार्वजनिक गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कुमाखका ४८ वटा विद्यालयका विद्यार्थीलेहरुले लकडाउन खुले लगत्तै नतिजा हात पार्ने भएका छन् ।
सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिएपछि कुमाखका सबै सामुदायिक र सस्थागत विद्यालयहरुले गत चैत ५ गते भित्र कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए । तर परीक्षा दिएका ती विद्यार्थीको नतिजा भने प्रकाशन हुन सकेको थिएन।
शनिबार गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठक बाट सबै बिधालयहरुको नतिता तयार बनाएर राख्ने र अहिले रिजल्ट गर्दा भिडभाड हुने भएकाले लकडाउन खुले लगत्तै रिजल्ट प्रकाशन गरिने शिक्षा समिति कुमाख शाखाले बताएको छ ।





.jpg)