ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख गाउँपालिकामा चैत २८ गतेदेखि वार्षिक परीक्षा हुने

  संजिब शर्मा २०७८ चैत्र १८ गते शुक्रबार १२:५९:५९ मा प्रकाशित

सञ्जीव शर्मा चैत १८,सल्यान 

सल्यानको कुमाख गाउँपालिकामा चैत २८ गतेदेखि पालिकाका सबै विद्यालयमा वार्षिक परीक्षा हुने भएको छ । कुमाख गाउँपालिकाको मिति २०७८ चैत १४ गते बसेको शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकको निर्णय अनुसार कक्षा ८ को परीक्षा पालिका स्तरीय र अन्य कक्षाको समान ढङ्गबाट पठनपाठन नभएकोले समय तालिका एकै तर प्रश्नपत्र आ–आफ्नो विद्यालयले तयार गरेर परीक्षा गर्न सकिने निर्णय गरेको हो ।

कुमाख गाउँपालिकामा ४८ सामुदायिक र ४ संस्थागत गरी ५२ विद्यालय रहेका छन् । पालिकाका सबै विद्यालयको एउटै समयमा परीक्षा सञ्चालन हुने कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक चन्दले बताए । शिक्षा समिति र प्रधानाध्यापकको सयूक्त बैठकबाट पालिकाका सबै विद्यालयमा एक साथ वार्षिक परीक्षा गर्ने निर्णय गरेको उनको भनाई छ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रमका आधारमा मूल्याङ्कन गरी र अन्य कक्षाको पनि बैशाख २० भित्र नतिजा प्रकाशन गर्न सबै सामुदायिक विद्यालयहरुलाई निर्देशन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top