ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाख गाउँपालिकामा पुस ८ गतेदेखि अर्धवार्षिक परीक्षा हुने 

  संजिब शर्मा २०७८ मंसिर २४ गते शुक्रबार १९:४३:४७ मा प्रकाशित

सञ्जीव शर्मा मङ्सिर २४,सल्यान 

सल्यानका कुमाख गाउँपालिकामा पुस ८ गतेदेखि पालिकाका सबै विद्यालयमा अर्धवार्षिक परीक्षा हुने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण शैक्षिक सत्र ढिला गरी सञ्चालन भएसँगै कुमाख गाउँपालिकाले अर्धवार्षिक परीक्षा पुस ८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । 

कुमाख गाउँपालिकामा ४८ सामुदायिक र ४ संस्थागत गरी ५२ विद्यालय रहेका छन् । पालिकाका सबै विद्यालयको एउटै समयमा परीक्षा सञ्चालन हुने कुमाख गाउँपालिका शिक्षा शाखा प्रमुख प्रशान्त लामिछानेले बताए । शिक्षा समितिले बैठकबाट पालिकाका सबै विद्यालयमा एक साथ अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top