ट्रेण्डिङ

होमपेज / शिक्षा

बुवाआमाको नाममा विद्यालयमा एक लाख बढीको अक्षयकोष

  संजिब शर्मा २०७८ बैशाख १६ गते बिहीबार १५:२५:०० मा प्रकाशित

संजिव शर्मा, बैशाख १६ सल्यान । 
 सल्यान कुमाख गाउँपालिका  ३, रागेचौरका मुकुन्द प्रसाद शर्मा र शुसिला शर्माले आफ्ना बुवाआमाको सम्मानमा अक्षयकोष स्थापना गरेका छन् । जनता माध्यमिक विद्यालय रागेचौर ३ सल्यानमा एक लाख एक हजार एक सय रुपैयाँको विरभद्र शर्मा तथा देवकला शर्मा अक्षयकोष खडा गरिएको हो ।

एसइईमा सर्वोकृष्ट अंक ल्याई उर्तीण हुने एक छाात्र र एक छात्रालाई वार्षिक उक्त रकमको लाभान्सबाट छात्रवृत्ति प्रदान गरिने विद्यालयलाई हस्तान्तरण गरिएको कार्यविधिमा उल्लेख गरिएको छ । 

मुकुन्द प्रसाद खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमका क्याम्पस प्रमुख हुन भने  सुशिला  यमुनानन्द नमुना मा. वि. सेरिगाउँ रुकुम प्रश्चिम  पढाउँदै आइरहेकी छन् । यस प्रकारको सामाजिक कार्यलाई  अघि बढाएकोमा विद्यालयका प्रधानाध्यापक गोरख बहादुर बुढाथोकीले धन्यवाद व्यक्त गरेका छन्  ।

शैक्षिक एवम् सामाजिक कार्यमा सबैलाई उत्प्रेरित एवम् उत्साहित  बनाउन शर्मा द्वयले चन्दकान्त, यज्ञश्वर यमुना शर्मा स्मृति अक्षयकोष  रु १,१५,०१५०    सुमुन सुमना साहित्य अक्षयकोष रु १५,०१५० गरि दुईवटा अक्षयकोष यस अघिनै  खडा गरिसकेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top