ट्रेण्डिङ

होमपेज / शिक्षा

बागचौरको ब्राइट रोजल्याण्डको १४ औं वार्षिकोत्सव सम्पन्न

  तारादेव शर्मा प्रदर्शन २०७७ फाल्गुण १३ गते बिहीबार ०८:४२:२७ मा प्रकाशित

तारादेव शर्मा फागुन १३,सल्यान 
 बागचौर नगरपालिका २ बागचौरमा रहेको  ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले आफ्नो १४ औं वार्षिकोत्सव  मनाएको छ । आफ्नो स्थापनाको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम समेत गरेको छ । 

कार्यक्रममा बोल्दै  नगर प्रमुख  लोकमान बुढाथोकीले बागचौर नगरपालिकामा अवस्थित यस बोर्डिङ स्कुलले नगरपालिकाका सरकारी विद्यालयलाई  समेत चुनौती दिएको बताए । बिगतका बर्षमा नगरमै उत्कृष्ट नत्तिजा ल्याई नगर टप गरि इतिहास कायम गरेको र यस विद्यालयबाट अन्य सस्थागत विद्यालय र सरकारी विद्यालयले धेरै कुरा सिक्नु पर्ने र ब्यवहारमा समेत लागू गर्नु पर्ने कुरा बताए । उनले भने  आउँदा दिनहरुमा यस विद्यालयले अझै उन्नती प्रगती गर्दै चुनौतिलाई अवसरको रुपमा लिएर अघि बढ्ने सहास गरोस आफ्नो प्रभाव र छवि उत्कृष्ट बनाउदै उदाहरणिय बनी रोल मोडलको रुपमा स्थापित सकोस । 

प्याब्सन नेपालका केन्द्रिय सदस्य तथा जिल्ला प्याब्सन सल्यानका सल्लाहकार महेस देवकोटाले ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले जुनसुकै अवस्थामा पनि आफ्नो विद्धता, एक्यवद्धता र सामुहिकताका साथ विभिन्न क्रियाकलापहरु गर्नु पर्ने बताए ।  अन्य विद्यालय भन्दा फरक धार र पृथक तरिकाले यो विद्यालय निरन्तर कृयाशिल रहेको बताए ।कार्यक्रमा बोल्दै देवकोटाले सस्थागत विद्यालयलाई कुनै पनि खालको विभेद नगर्न अनुरोध गरे । बोलिमा मात्रै हैन सरकारले ब्यवहारमा पनि सस्थागत विद्यालयलाई समेट्दै अघाडी बढन सके एक अर्का बिचको सम्बन्ध प्रगाढ हुन सक्ने  सुझाब समेत दिए । 

विद्यालय अभिभावक संघका अध्यक्ष कमल वलीले विद्यालय बागचौर नगरपालिकाको मात्रै नभएर जिल्लाकै सस्थागत नमुना विद्यालयको रुपमा स्थापित  बताए । विद्यालयले विभिन्न बाधा अवरोध र चुनौतीलाई समेत अवसरको रुपमा लिएर गुणस्तरीय शिक्षा प्रवाह गरि विद्यार्थी र अभिभावक समेतलाई बिश्वास्त पार्नु पर्ने बताए । । 

 
कार्यक्रममा विद्यालयले आफ्नो वार्षिकोत्सवको  सुअवसरमा गरिएका विभिन्न अतिरिक्त क्रियाकलाप खेलकुद एवम सास्कृतिक कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने करिव ८९ जना विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top