ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यान साङ्गितिक मिलन कार्यक्रम २०७८ आयोजना हुँदै

  तारादेव शर्मा प्रदर्शन २०७८ मंसिर १६ गते बिहीबार १९:४५:३४ मा प्रकाशित

तारादेव शर्मा मङ्सिर १६,सल्यान 

राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले सल्यान साङ्गितिक मिलन कार्यक्रम  २०७८ आयोजना गर्ने भएको छ । यही मङ्सिर १८ गते सल्यान खलङ्गामा साङ्गीतिक मिलन कार्यक्रम हुने भएको हो ।

जिल्लाका साहित्यिक तथा साङ्गीतिक स्रष्टाहरूलाई सम्मान र उजागर गर्न यस प्रकारको कार्यक्रमको आयोजना गरेको राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रवीण भण्डारीले  जानकारी दिए ।

कार्यक्रममा आधुनिक पप नेपाली सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याई  नेशनल म्युजिक अवार्ड २०२१ प्राप्त गर्नु भएका  गायक चेतन राई को विशेष  प्रस्तुति  र सम्मान गरिने उहाँले बताउनु भयो ।  साथमा अन्य कलाकारहरू लक्ष्मण राई,हिटलर महर्जन ,रमेश सिंह ,कैलाश लामिछाने ,मिना बुढाथोकी ,रविन विष्ट,प्रकाश घर्ती र कुलराज डी सी को  प्रस्तुतिका  साथमा नृत्यहरू प्रस्तुत हुने  भण्डारीले बताउनु भयो । 

सल्यानको कला साहित्य र सङ्गीतको विकासका लागि  प्रयास र निरन्तरता जारी रहेको भण्डारीको भनाई छ । सल्यान कविता सङ्ग्राम ,राप्ती गजल सङ्गम,सल्यान साहित्य  महोत्सव २०७८भव्य रुपमा  सम्पन्न गरिसकेको बताउँदै उहाँले यस कार्यलाई निरन्तरता दिँदै फेरि  पनि  सल्यान साङ्गीतिक मीलन कार्यक्रम( २०७८ आयोजना गरेको सचिव तारादेव शर्माले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top