होमपेज / समाज
तारादेव शर्मा असोज २१,सल्यान
सल्यानको बागचौर नगरपालिका –३ रातपहरा र थाराचौरमा बिजुली बलेको छ । बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् ।
वैकल्पिक ऊर्जाको भरमा बस्न बाध्य स्थानीयवासी घरघरमा बिजुली बलेपछि खुसी भएका छन् । रातपहराका र थाराचौरका १ सय ५० भन्दा धेरै घरधुरीमा विद्युतीकरण गरिएको बागचौर नगरपालिका सल्यानले जनाएको छ ।
बिजुली बाल्न पाउँदा निकै खुसी लागेको स्थानीय इन्द्र भण्डारीले बताए । दैनिक कामकाज र बालबालिकालाई अध्ययनका लागि बिजुली निकै प्रभावकारी हुने उनको भनाई छ ।
पहिलो पटक बिजुली बाल्दा गाउँलेमा उत्साह छाएको अर्का स्थानीय शेर बहादुर भण्डारीले बताए । वषौँ देखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बत्ती बलेपछि गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे ।
बिहीबार बिजुली बत्तीको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पु¥यान सरकारले लागि परेको बताए । विद्युत् सेवा पुग्न नसकेका सबै घरधुरीमा बत्ती बाल्ने गरी काम अघि बढाइएको उनको भनाई छ ।





.jpg)