ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा दुई सय बढी विद्यार्थीको आँखा र कान परीक्षण

  तारादेव शर्मा प्रदर्शन २०७८ मंसिर ८ गते बुधबार १३:२९:४४ मा प्रकाशित

तारादेव शर्मा मंसिर ८,सल्यान 
सल्यानको एक विद्यालयका २ सय ५० भन्दा बढी विद्यार्थीको निःशुल्क कान र आँखाको परीक्षण गरिएको छ । जिल्लाको भरत स्मृत माध्यमिक विद्यालय बागचौर नगरपालिका ५  शिर्पामा आँखा र कानको परीक्षण गरिएको हो । 

नेपाल नेत्रज्योति संघद्वारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना अन्तर्गत बागचौर नगरपालिका आयोजनामा शिविर सम्पन्न भएको हो ।  एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना  कर्णालीका १० जिल्लामा संचालित रहेको एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना अन्तर्गत बागचौर नगरपालिका सामुदायक संयोजक भरत देवकोटाले जानकारी दिए । , जसमध्ये अहिले सल्यानको शारदा नगरपालिका र बागचौर नगरपालिका गरि २ पालिकामा कार्यक्रम भइ रहेको कार्यक्रम संयोजक देवकोटाले बताए  ।

आँखा तथा कान स्वास्थ्य परिक्षण हाल कार्यक्रम संचालित पालिकाको समुदायस्तरसँगै विद्यालयहरुमा संचालन भइ रहेको छ । यस अन्तर्गत आँखा र कान सम्बन्धि परिक्षण गरिने र आखाँको मोतिविन्दु, कान सुनाई शक्ति कम भएका व्यक्तिहरुको परिक्षण गरि रिफर गरेर निशुल्क उपचार गरिने समेत बताएका छन ।

५ गते देखि मंसिर ७ गतेसम्म संचालित उक्त परिक्षणमा शिक्षक र बिद्यार्थी गरि करिब २५० जनाको आँखा तथा कानको परिक्षण गरिएको थियो ।
यो परिक्षण कार्यक्रम निरन्तर सञ्चालन भइ हेको र जसअन्तर्गत बुधबार  बागचौरको महेन्द्र माध्यमिक विद्यालय पिपलनेटामा परिक्षण कार्यक्रम हुन लागिरहेको संयोजक देवाकोटाले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top