ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानमा राप्ती गजल संगम कार्यक्रम हुँदै

  तारादेव शर्मा प्रदर्शन २०७८ भाद्र १५ गते मंगलबार ११:५२:०३ मा प्रकाशित

तारादेव शर्मा भदौ १५,सल्यान 

राप्ती साहित्य परिषद सल्यानले साहित्यसेवी १५६ औं मोति जयन्तीको  अवसरमा  राप्ती गजल संगम कार्यक्रम २०७८ गर्ने भएको छ । 
सल्यान, दाङ्ग र रोल्पाका ३ ३ जना गजलकार गरि जम्मा ९ जना गजलकारको उक्त कार्यक्रममा सहभागिता रहने राप्ती साहित्य परिषद् सल्यानले जनाएको छ ।  

कला साहित्य र सङ्गितलाई निरन्तर प्राथमिकतामा राख्दै सिङ्गो सल्याननी साहित्य र नेपाली साहित्य श्रीबृद्दिको लागि राप्ती सहित्य परिषद् सल्यानले गर्ने कार्यक्रम बिल्कुल फरक शैली र साहित्यका सबै बिधालाई उत्तिकै महत्वका साथ समान रुपमा न्याय दिन सक्ने गरि कार्यक्रम गर्ने कुरा परिषदका अध्यक्ष प्रविन भन्डारीले जानकारी दिए ।  

पछिल्लो समयमा साहित्य क्षेत्र निकै प्रभावकारी र उपलब्धी मुलक बन्दै आएको यो अवस्थामा राप्ती साहित्य परिषद सल्यानले पनि विभिन्न कार्यक्रमका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै जाने क्रममा  पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८ पश्चात्   राप्ती गजल सङ्गम कार्यक्रम २०७८ गर्न लागेको कुरा परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले  बताए । साथै अनलाइन  मार्फत सञ्चालन भएको पहिलो सल्यान कविता सङ्ग्राम कार्यक्रम २०७८  कोरोना महामारीका कारणले केही समय पछि धकेलिएको र उक्त प्रतियोगिताको स्टेज कार्यक्रम आउँदो असोज महिनामा हुने कुरा पनि उनले जानकारी दिए ।  

राप्ती गजल सङ्गम कार्यक्रम २०७८ सल्यानको खलंगामा हुनेछ  ।  उक्त कार्यक्रममा सल्यानका राजेन्द्र जिएम , सृजना देवकोटा , वाईबी जिएम दाङ् बाट प्रतीक सङ्ग्रामी , भुमी क्षेत्री , आशिष् कल्पबृक्ष   र रोल्पाबाट सन्तोष मगर, सपना डागी ,दिलकुमारी बुढामगरले गजल प्रस्तुत गर्ने सचिव शर्माले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top