ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यान कविता संग्राम २०७८ सम्पन्न

  तारादेव शर्मा प्रदर्शन २०७८ आश्विन २३ गते शनिबार १७:४३:४९ मा प्रकाशित

असोज २३,सल्यान 
सल्यान कविता सङ्ग्राम २०७८ शनिवार सम्पन्न भएको छ । जिल्लाको कला, साहित्य, सङ्गीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगिताको  तेस्रो संस्करणमा छनौट भएका पाँच सर्जकले कविता वाचन गरेका छन् । 

कविता सङ्ग्राम कार्यक्रममा मिना खड्का प्रथम भएकी छन् । यस्तै दितिय  छवि करण अधिकारी, तृतीय आमोद शरण गौतम भएका छन् । यस्तै सान्त्वनामा कृष्ण कन्चन र रमेश कार्की भएका छन् । 

जिल्लाको कला, साहित्य, सङ्गीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रम  गरिएको र त्यसमा सफल भएको अध्यक्ष प्रवीण भण्डारीले बताए । 

सल्यानी सर्जकहरूको कविता प्रतिको मोह र नेपाली कविताको श्रीवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा कविता विधामा कलम चलाउने २१ सर्जकहरूले कार्यक्रममा सहभागी रहेका थिए । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रत्यक्ष रुपमा वाचनका कार्यक्रमलाई भन्दा भर्चुअल माध्यमबाट यसअघि कार्यक्रम हुँदै आइरहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top