होमपेज / शिक्षा
संजीव शर्मा, भदौ ७, सल्यान
कुमाख गाउँपालिका केन्द्रमा रहेको श्री जनता माध्यमिक विद्यालय रागेचौरले झन्डै आठ महिनापछी विद्यालय व्यवस्थापन समिति पाएको छ ।
गत २०७६फागुनमा विद्यालय ब्यबस्थापन समितिको म्याद सकिएपछी नयाँ विद्यालय व्यवस्थापन गठन गर्न विद्यालय प्रशासनले २०७६/१२/ ४ गते अभिभावक भेला बोलाएर छलफल गर्दा ४ जना अभिभावक छानेको र २ जना मनोनित गर्न नसक्दा बिचमा कोरोना महामारी र लकडाउन भएकै कारण पुर्ण हुन सकेको थिएन ।
विद्यालय प्रशासनले बिब्यस नभएकै कारण बिद्यालयको आर्थिक र प्रशासनिक कामकाजहरु गर्न अप्ठेरो परेको भन्दै बिचबिचमा राजनैतिक दलहरुलाई बिब्यस सहमतिमै गठन गर्न सुझाव दिएको थियो । सोही अनुसार शनिवार मुख्य गरेर दुई राजनितीक दल नेकपा र नेपाली काङ्ग्रेस बिच राजनैतिक बृतमा छलफल भई ११ सदस्यीय विद्यालय ब्यबस्थापन समिती गठन भएको छ ।
अध्यक्षमा चन्द्र बहादुर राना सदस्यहरु देबि बुढाथोकी, ललिता आचार्य,मिथुन बिक्रम शाह,झुपलाल राना, पम्फा खत्री,चित्र बहादुर बुढाथोकी, गजेन्द्र बहादुर राना शिक्षक प्रतिनिधि, नोख बहादुर गोसाई सदस्य सचिब गरि ९ जना र २ जना उद्योग बाणिज्य संघ बाट मनोनित गर्ने गरि ११ सदस्यीय बिधालय ब्यस्थापन समितिले पुर्णता पाएको छ ।
ढिलै भएपनि विद्यालय ब्यबस्थापन समिती सहमतिमै टुंगो लागेको हुनाले जनता मा. बि रागेचौरका प्रधानाध्यापक नोख बहादुर गोसाईले खुसी ब्यत्त गरेका छ्न ।





.jpg)