होमपेज / शिक्षा
सञ्जीव शर्मा असार २९, सल्यान
सल्यानको कुमाख गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई वैकल्पिक उर्जा (सोलार) वितरण गरेको छ । गाउँपालिकाका ६ वटा विद्यालयमा ६ सय ४० वाटका सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सरस्वति माध्यमिक विद्यालय भित्रिवन , कालिका माध्यमिक विद्यालय तिमिले, जनकल्याण माध्यमिक विद्यालय वडागाउँ कोट, आधारभुत विद्यालय नेटा, बालजागृत विद्यालय बाहुनचौर र आधारभुत विद्यालय बस्नेतज्युलामा वैकल्पिक उर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले जानकारी दिए । यस्तै उक्त विद्यालयलाई एक एक सेट कम्प्युटर र प्रिन्टर पनि वितरण गरिएको छ ।
विभिन्न सामुदायिक विद्यालयमा नविनतम् प्रविधिको प्रयोगले विद्यालयमा दैनिक हुने कामहरु सजिलो र सहज रहोस भन्ने उद्देश्यका साथ सौर्य उर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । प्रविधिको प्रयोगले विद्यालयको गुणस्तरियतामा पनि सुधार आउने विश्वास लिइएको उनको भनाई छ ।





.jpg)