ट्रेण्डिङ

होमपेज / शिक्षा

कुमाखका सामुदायिक विद्यालयमा भर्ना हुने बिद्यार्थीको चाप उच्च 

  संजिब शर्मा २०७७ असार २७ गते शनिबार १९:४५:५२ मा प्रकाशित

संजीव शर्मा असार २७, 
सल्यान विश्व नै कोरोना महामारिको रुपमा आक्रान्त भइरहेको बेला शिक्षा क्षेत्र र शैक्षिक सत्र २०७७ को बिद्यार्थी भर्ना, पठनपाठन अहिलेसम्म पुर्ण रुपले बन्द नै भए । शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले जारी गरेको अनलाइन पठनपाठन, अनलाइन कक्षा पनि केही सुगुम ठाउँ बाहेक अधिकाश दुरदराजमा रहेका बिधालय र बिद्यार्थी समक्ष यो अनलाइन कक्षा पटक्कै प्रभाबकारी भएन।

 कुमाख गाउँपालिका सल्यानमा शिक्षा सम्बन्धि गतिविधि यो बन्दाबन्दिमा कुनै हुन सकेन यहाँका अधिकाश सामुदायिक बिधालयहरु क्वारेन्टाइनको रुपमा रहेका कारण बिधालयका अन्य कामकाज गर्न पनि असहज भइरहेको छ ।

शैक्षिक सत्रको ३ महिना बित्नै लाग्दा असार २० गते बाट कुमाखका अधिकाश बिधालयहरुले बिधालयमा क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको कारण बिधालय नजिकै बैकल्पिक कोठाको प्रयोग गरि अनिबार्य रुपम शिक्षक, बिद्यार्थीहरुले माक्स, सेनिटाइजर र सामाजिक दुरि कायम गरेर बिद्यार्थी भर्ना गरिरहेको जनता मा. बि रागेचौरका प्रधानाध्यापक नोख बहादुर गोसाइले बताउनु भएको  छ.  उहाले भन्नुभयो यस पटक बिधालयमा भर्ना हुने बिद्यार्थीको चाप उच्च बढी छ कोरोनाका कारण बाहिरतिर निजि बिधालयमा पढ्ने बिद्यार्थीहरु उता भर्ना गरेर पनि कोरोना नियन्त्रण नहुन्जेल पढाई हुदैन फिस मात्र किन तिर्नेरु मैले पनि आफ्ना दाङ्ग पढ्ने दुई नानी बाबुलाई यहि भर्ना गरेर किताब पनि लिइदिसके कोरोना नियन्त्रण नहुन्जेल घरमा नै पढ्छ्न, निगरानी गर्न पनि सजिलो हुन्छ ।

अर्का अभिभावक शोभ बहादुर रानाले पनि आफ्नी नातिनी पहिले नेपालगन्ज बोडिङ्ग मा पढेको र कोरोना भाइरसका कारण असहज परिस्थिति भएको र पैसा बढि खर्च भएकोले सामुदायिक बिधालयमा भर्ना गरेको बताए ।भर्नाका साथसाथै कुमाखका सबै बिधालयहरुले किताब अपुगका कारण अपुरा सेट किताब पनि बितरण गरिरहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top