होमपेज / राजनीति
इन्द्र बुढाथोकी वैशाख १०,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १२ का वडाध्यक्ष गोविन्द डाँगीले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेसँगै डााँगीले राजीनामा दिएका हुन ।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा न १२ निगालचुलाका डाँगी तत्कालिन एमालेले निर्वाचित भएका थिए । उनी अहिले नेकपा (एकीकृत समाजवादी) मा रहेका छन् ।
शुक्रबार नै बनगाडकै मेयर सहित अन्य चार वडाध्यक्षले राजीनामा दिएका थिए ।
बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिको राजीनामा https://www.salyankhabar.com/rajneeti/3096





.jpg)