ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिको राजीनामा

  इन्द्र बुढाथोकी २०७९ बैशाख ९ गते शुक्रबार २०:४५:०२ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख ९सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेसँगै मेयर सहित ५ जनाले शुक्रबार राजीनामा दिएका हुन । 

राजीनामा दिनेमा मेयर गोविन्द कुमार पुन, वडा न ६ का वडाध्यक्ष पुरुषोत्तम आचार्य, वडा न ८ का वडाध्यक्ष कुल बहादुर पुरी, वडा न १० का वडाध्यक्ष मानसिहं पुरी र वडा न ११ का वडाअध्यक्ष विर बहादुर बुढाले राजीनामा दिएको प्रशासन शाखा प्रमुख बालाराम बास्तोलाले जानकारी दिए । 

मेयर पुन एमालेबाट निर्वाचित भएका हुन भने यस पटक पनि मेयर पदका लागि सिफारिस भएका छन् । ६ न वडाध्यक्ष आचार्य नेपाली कांग्रेस, वडा न ८ का वडाध्यक्ष पुरी  र वडा न ११ का वडाध्यक्ष बुढा माओवादी केन्द्रबाट र वडा न १० का वडाध्यक्ष मानसिहं पुरी एमालेबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top