ट्रेण्डिङ

होमपेज / खेलकुद

शहीद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति माविलाई

  प्रकाश शर्मा २०७८ चैत्र ६ गते आइतबार १८:३४:४७ मा प्रकाशित

प्रकाश शर्मा चैत ६,सल्यान दार्मा    

 शहीद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि श्री जनज्योति  माध्यमिक  विद्यालय फारुलाचौर दार्मा ३  ले उचालेको छ । दार्मा गाउँपालिकाको आयोजनामा चैत ३ गतेबाट भएको प्रतियोगितामा कुल २५ पदक हात पार्दै उपाधि उचालेको हो ।  

उपाधि उचालेको जनज्योति माध्यमिक विद्यालयले ११स्वर्ण ,७रजत  र ७ कास्य गरी २५ पदक  हात पार्न भएको छ । यस्तै ८स्वर्ण ६रजत ४ कास्य गरी  १८  पदक सहित   सूर्योदय मावि  गोठिबन  दार्मा ६ दित्तिय, ४स्वर्ण ९रजत ८ कास्य  गरी २१ पदक सहित  राष्ट्रिय मावि दार्मा कोट  दार्मा १ तृतीय भएका छन् । 

 यस्तै बाल कल्याण  मावि भुबनटाकुरी  दार्मा २ले   २स्वर्ण  २ रजत २ कास्य  जम्मा ६ पदक ,नेपाल राष्ट्रिय  मावि ढाकाडामकोट  दार्मा ५ ले   २ स्वर्ण  २ रजत  २ कास्य सहिद ६ पदक , नव सर्वसाधारण मा वि रातामाटा दार्मा ४ले    १ स्वर्ण  १ रजत , ५ कास्य गरी जम्मा ७ पदक जित्न सफल भएका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा  भलिबल छात्र ,छात्रा , हाई जम्प  छात्र छात्रा, लङ जम्प छात्र छात्रा ,त्रिपल जम्प  छात्र छात्रा, सट फुट छात्र छात्रा, ज्याब्लिङ थ्रो छात्र छात्रा , कपडी छात्र छात्रा, दौड २०० मिटर  छात्र छात्रा, ८०० मिटर दौड छात्र छात्रा , १५०० मिटर दौड छात्र छात्रा , १६०० मिटर रिले दौड छात्र छात्रा ३००० मिटर दौड छात्र छात्रा, ८४०० मिटर रिले दौड छात्र छात्रा, १००८४ मिटर रले दौड छात्र छात्रा प्रतियोगिता सञ्चालन गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top