होमपेज / खेलकुद
कात्तिक ८,सल्यान
सल्यानको दार्मामा पालिका स्तरीय महिला तथा पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ शनिवारबाट सुरु भएको छ ।
हिलेखालि मेला तथा छठ पर्वको अवसरमा दार्मा गाउँपालिका ३ फारुलामा रहेको श्री जनज्योति मा वि फारुलाचौरमा आज एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा ९ ओटा महिला भलिबल , ७ओटा पुरुष भलिबल २० ओटा ब्याडमिन्टन टिम बिच प्रतिस्पर्धा हुनेछ । पुरुष भलिबल प्रथम पुरस्कार रु २,११,१११, द्वितीय पुरस्कार रु १११,१११ सेमिफाइनल पुग्ने टिमलाई रु ३१,१११नगद प्रदान गरिने समितिका कोषाध्यक्ष खिमराज केसीले जानकारी दिनु भयो । यस्तै यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार रु ५१,१११द्वितीय रु ३१,१११ र सेमिफाइनलमा पुग्ने टिमले रु ११।१११नगद प्राप्त गर्ने छन् । ब्याडमिन्टन तर्फ प्रथम पुरस्कार रु २०,००० ,द्वितीय पुरस्कार रु १०,०००प्राप्त गर्ने छन् ।कार्यक्रम कात्तिक १० गतेसम्म सञ्चालन हुने समितिका कोषाध्यक्ष खिमराज केसीले बताउनु भएको छ ।
कार्यक्रममा कार्यक्रममा प्रमुख अथितिको रुपमा दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल,दार्मा ३ का वडा अध्यक्ष पोखर बहादुर खत्री ,कार्यपालिका सदस्य पुष्पाञ्जली मगर अनन्त प्रसाद शर्मा ,सेतीराम रोकाहा, मोहन सी ,सेतीराम बुढाथोकी , दीपक रोकाहा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विष्णु रोकायको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको कमल अविरल पाण्डे अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण विवेक मल्लले गर्नु भएको थियो ।





.jpg)