होमपेज / खेलकुद
प्रकाश शर्मा चैत ३,सल्यान
सल्यानको दार्मा गाउँपालिकामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दार्मा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
दार्मा गाउँपालिका ३ स्थित जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ६ सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएको आयोजकले जनाएको छ ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको दार्मा गाउपालिका सामाजिक विकास शाखा सभापति चन्द्र बहादुर रावतले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष निम बहादुर केसीले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले पालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।
खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै केसीले दार्मा गाउँपालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए । गाउपालिका भित्र रहेका ६ विद्यालयका विद्यार्थीले २८ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।





.jpg)