ट्रेण्डिङ

होमपेज / खेलकुद

दार्मामा बृहत खेलकुद, लोक दोहोरी तथा गजल प्रतियोगिता सम्पन्न

  प्रकाश शर्मा २०७८ कार्तिक २७ गते शनिबार १९:४२:४५ मा प्रकाशित

प्रकाश शर्मा कात्तिक २७,सल्यान 

दार्मा भलिवल संघ सल्यानको आयोजनामा छठ पर्वको अवसरपारी पालिका स्तरिय बृहत खेलकुद, लोक दोहोरी तथा गजल  प्रतियोगिता सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दार्मा गाउँपालिका भित्रका ६ वडाका महिला र पुरुष समुह गरी १८ समुहले भलिवल , ७ समुहले लोक दोहोरी  र व्याटमिन्टन खेलमा ८ समुहले प्रतियोगितामा भाग लिएका थिए  । 

षुरुष भलिबल प्रतियोगितामा वडानं १  प्रथम,वडा न ४ दोस्रो र वडा न ५ तेस्रो भएका छन् । यस्तै महिला भलिबल तर्फ वडा न ४ प्रथम, तेस्रो वडा न ५ भएका छन् । 
गजल विधा तर्फ वडा न ४ का एन.वि मल्ल प्रथम, वढा न ३ का रिजन केसी दोस्रो र वडा न २ की सिखा श्री केसी तृतिय भएकी छन् । लोक दोहोरी तर्फ वडा न ६ को कमला शाहीको टिम प्रथम, वडा न २ को लक्ष्मण केसीको टिम दितिय र वडा न ५ को लोकेन्दै वि.कको टिम तृतिय भएको छ ।

दार्मा गाउँपालिका सल्यानको आर्थिक सहयोग र दार्मा भलिवल संघको आयोजनामा भएको भलिवल प्रतियोगितामा विजेताले भलिवलमा  प्रथम हुने महिला र पुरुष दुवै समुहले २५ हजार, द्धितिय समुहले २० र तृर्तिय हुने समुहले १५ हजार नगद र मेडेल प्राप्त गरेका छन्  । 

यसैगरी ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितियले ६ हजार र  तृतिय हुने ४ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।  लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार, द्धितिय हुने समुहले ४ हजार र  तृतिय हुने समुहले ३ हजार नगद र प्रमाण पत्र,  गजल प्रतियोगितामा प्रथम हुनेले  १हजार ५ सय, द्धितिय हुनेले १हजार २ सय र तृतिय हुनेले रु  १ हजार र प्रमाण पत्र प्राप्त गरेको दार्मा भलिवल संघका अध्यक्ष मदन देवकोटाले वताए । 
 ।

दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर केसीले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी गरेको भएपनि प्रयाप्त नभएको वताए । उनले भने संघ र प्रदेशले खेल क्षेत्रको विकासका लागि  आवश्यक पूर्वाधार, प्रशिक्षक लगायतका क्षेत्रमा लगानी वढाउन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top